सोमबार , भाद्र ८, २०८३

धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

 काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

image

काठमाडौं। काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । जहाजमा ८७ जना यात्रु चढेका थिए ।

जहाजलाई बाह्र बजेर आठ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको र  सबै यात्रु सुरक्षित रहेको बताइएको छ । सो जहाज आकस्मिक अवतरण गर्ने भएपछि अन्य जहाजलाई आकाशमै होल्डमा राखिएको थियो ।

अवतरणपछि अब जहाजको प्राविधिक जाँच गरिने बताइएको छ ।

Tags:

सम्बन्धित समाचार