सोमबार , भाद्र ८, २०८३

मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

सुर्खेतमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । 

image

काठमाडौं । सुर्खेतमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई बुधवार राति सो अवस्थामा प्रहरीले पक्राउ गरेको हो । एक बस्तीमा मतदातालाई पैसा बाँडेको सूचना पाएपछि प्रहरीले राति नै छापा हानेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको थियो । घटनाबारे थप अनुसन्धान हुने र विसीलाई निर्वाचन कार्यालयको जिम्मा लगाइने बताइएको छ ।

Tags:

सम्बन्धित समाचार