प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो मत मतपेटिकामा खसालेका छन् ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो मत मतपेटिकामा खसालेका छन् । उनले आफ्नो गृह जिल्ला डडेलधुरामा मत खसालेका हुन् ।
देउवाले गृह नगर गन्यापधुरा गाउँपालिका–१, रुवाखोलको आसिग्राम प्रावि मतदान केन्द्र ‘ख’मा आफ्नो मत खसालेका हुन् । उनी मतदानका लागि केही दिनदेखि डडेलधुरामै छन् । मतदान सकेर उनी आज राजधानी फर्कने बताइएको छ ।