सोमबार , भाद्र ८, २०८३

डोटीको दुई मतदान केन्द्रमा मतदान प्रभावित

डोटीको दुई मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

image

काठमाडौं । डोटीको दुई मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रभावित भएको हो ।

मतदानका लागि आएकी वृद्ध महिलाको मत परिवारका सदस्यको सहयोगमा खसालेपछि उमेदवारबीच विवाद भएको थियो । करिब एक घण्टा मतदान स्थगित भएपछि राधाकृष्ण माविमा पुनः सुरु भइसकेको छ । लाटामाण्डौं माविको मतदान भने रोकिइरहेको छ ।

७२ मत मात्रै खसेको लाटामाण्डौं माविको मतदान सहमति हुन् नसक्दा रोकिइरहेको छ ।

 

Tags:

सम्बन्धित समाचार