बुधबार , कार्तिक १२, २०८३

गठबन्धनले मतदातालाई नमुना मतपत्र बाँडेपछि भरतपुरमा तनावको माहौल

भरतपुर महानगरपालिकामा गठबन्धनले मतदातालाई नमुना मतपत्र बाँडेपछि तनावको स्थिति सिर्जना भएको छ ।

image

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनले मतदातालाई नमुना मतपत्र बाँडेपछि तनावको स्थिति सिर्जना भएको छ । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय आधारभूत मावि कृष्णपुरमा नमुना मतपत्र बाँडेको पाइएपछि स्थिति तनावमय भएको हो ।

महानगरको मेयर पदका नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मत खसाल्न निर्वाचन केन्द्र पुग्दा मतदाताले गठबन्धनले नमुना मतपत्र बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी गरिदिन आग्रह गरेको बताइएको छ ।

गठबन्धनले मतदान केन्द्रमै नमुना मतपत्र बाँडेर आचार संहिताको उल्लङ्घन गरेको भन्दै पौडेलले आवश्यक कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । गठबन्धनले जबरजस्ती पेलेर धाँधली गरिरहेको आरोप उनले लगाएका छन् ।

पौडेल मतदान केन्द्रमा पुग्दा पत्रकारलाई गठबन्धनका स्थानीय नेताहरूले क्यामेरा फुटाउने धम्की समेत दिएका थिए । पौडेल मतदानका लागि जाँदा नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहका नेताहरू रिसाएका थिए ।

Tags:

सम्बन्धित समाचार