आइतबार , अषोज ११, २०८३

बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

image

काठमाडौं ।  मतदान गर्दा मतपत्र देखाएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका उनले  मतपत्रमा स्वस्तिक चिन्हले मत संकेत गरेको तस्बिर सार्वजनिक गरेका थिए ।​ भट्टराईलाई आयोगले २४ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

आफ्नो मतपत्र सार्वजनिक गरेपछि भट्टराईले ट्विटरमा ट्विट गर्दैै भनेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!’

 

सम्बन्धित समाचार