धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ मा करिब ७२ प्रतिशत मत खसेको छ । मतदाता नामावलीमा ३१३१ जनाको नाम भएता पनि २२५४ मत मात्रै खसेको हो ।
कोलबगैँचास्थित मतदान केन्द्रका अधिकृत कृष्ण लाल श्रेष्ठका अनुसार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
कोलबगैंचा स्थित शमी भन्ज्याङ मा.वि.को ग्राउन्डमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो ।