मंगलबार , भाद्र ३०, २०८३

दैलेखमा नेमकिपाले जित्यो वडाध्यक्ष

image

काठमाडौं । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उदे कामी निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टीले वडामा पहिलो खाता खोलेको हो ।

नेमकिपाका कामीले ३१७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीले ३१३, एमालेका लछिराम केसीले २९६, नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत ल्याएका छन् ।

वडा नम्बर १ को महिला सदस्यमा पनि नेमकिपाकी लाली सारु मगर निर्वाचित भएकी छन् । उनले ३०७ मत ल्याइन् ।

कांग्रेसकी बसन्ता कुमारी रेग्मी र एमालेकी विमला मगरले २७९र२७९ मत ल्याएका छन् । माओवादीका सुर्जा मगरले १०० मत ल्याएकी छन् ।

दलित महिला सदस्यमा एमालेकी सान्ताकुमारी विक, खुला सदस्यमा नेपाल मजदुर किसान पार्टीका गोरखबहादुर केसी निर्वाचित भएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । वडा नम्बर १ का १०९८ मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गणेशकुमार शाहीले ४२८ मत ल्याएका छन् ।

नेकपा एमालेका सूर्यबहादुर शाहीले २६७, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर शाहीले २५६, नेकपा एकीकृत समाजवादीका मनिषा कार्कीले २, माओवादी केन्द्रका जगदिश शाहीले ३५ र राप्रपाका जय भण्डारीले १ मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार ३६१, नेकपा एमालेका नन्दाकुमारी विष्टले ३०२, नेपाल मजदुर किसान पार्टीका राजकुमारी शाहीले २६६, नेकपा माओवादी केन्द्रका कमला थामी मगरले ४९ र नेकपा एकिकृत समाजवादी नमनकुमार शाही १ मत ल्याएका छन् ।

सम्बन्धित समाचार