मंगलबार , भाद्र ३०, २०८३

एमालेसँग विद्रोह गरेकी मीनाले भत्काइन् हेटौडामा एमालेको ३ दशकदेखिको गढ

image

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा विजयी भएकी छन् । एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेकी उनले हेटौँडामा एमालेको ३० बर्षदेखिको किल्ला भत्काइदिएकी छन् ।

लामा ७४ को चुनावमा एमालेबाटै हेटौँडा उपमहानगरको उपमेयरमा भारी मतले विजयी विजयी भएकी थिइन् ।

नेकपा एमाले विभाजन भएसँगै निर्माण भएको एकीकृत समाजवादीमा सनाखत गरेर राजनीतिको नयाँ बाटोमा मोडिएकी लामालाई यो पटक हेटौडेलीले स्थानीय सत्ताको बागडोर सुम्पिएका छन् ।

२०४९ र २०५४ मा डोरमणी पौडेल, २०७४ मा उनै पौडेल कार्याकालका उपमेयर हरिबहादुर महतलाई प्रमुख बनाएको हेटौडाले २०७९ मा एमालेबाहेकको दललाई चुन्यो ।

एमालेको वर्चश्व तोडेर मेयरको विजेता बनेकी लामालाई पाँच दलीय गठबन्धन कायम भएन भने अल्पमतको सामना गर्नुपर्ने देखिएको छ । १९ वटा वडामा ९ वटा वडासहित नेकपा एमाले अझै सशक्त भूमिकामा छ । उपमहानगरको दैनिक कार्यसम्पादनको क्रममा उपमेयर तथा ८ वडाध्यक्षसहित कांग्रेसको निरन्तर दबाब पनि पनि लामालाई पर्नेछ । उनको पार्टीबाट एक जना मात्र वडाध्यक्ष छन् ।

त्यस्तै माओवादीले पनि नगर क्षेत्रमा १ वडा जितेको छ ।

सम्बन्धित समाचार