बुधबार , भाद्र ३१, २०८३

सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई तालिम दिने

जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ ।

image

काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको हो ।

स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि (प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष) लाई तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ ।

जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ ।

मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ मा जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी छ ।

यसैबीच राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन् ।

कांग्रेसले आफ्ना पार्टीबाट जितेका हरेक जनप्रतिनिधिको वर्षदिनमा मूल्यांकन गरिनेसमेत बताउँदै आएको छ ।

सम्बन्धित समाचार