बुधबार , भाद्र ३१, २०८३

बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन

‘फोहोर बोकेका गाडी आइसकेका छैनन् । तर प्रहरीको संख्या ठूलो छ । हिजोभन्दा तीन गुणा बढी प्रहरी आएका छन्,’ संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘हवाई फायर गर्न तयार भएर बसेका छन् ।’

image

Photo by: फाइल तस्बिर

काठमाडौं । फोहोर फाल्न गएको गाडी स्थानीयले अवरोध पुर्‍याएपछि बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन गरिएको छ । बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न ल्याउन नदिन स्थानीयले अवरोध पुर्‍याएका हुन्। स्थानीयहरू विरोध गर्दै सडकमा उत्रिएका छन् ।

यस्तै त्यहाँ ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ।

‘फोहोर बोकेका गाडी आइसकेका छैनन् । तर प्रहरीको संख्या ठूलो छ । हिजोभन्दा तीन गुणा बढी प्रहरी आएका छन्,’ संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘हवाई फायर गर्न तयार भएर बसेका छन् ।’

प्रहरीको टोली काठमाडौंबाटै परिचालन गरिएको हो ।

काठमाडौं उपत्यकाबाट दुई सय बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

त्यसैगरी त्यहाँ ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार