बुधबार , भाद्र ३१, २०८३

दार्चुलाको तिंकरमा पहिलो पटक पुग्यो फोन

फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन् ।

image

काठमाडौं । चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ । दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो । पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ ।

फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन् ।

व्याँस- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ नेपाल र चीन सीमाको पहिलो नम्बर पिलरदेखि चार-पाँच किलोमिटरको दुरीमा छ । तिंकरमा ७० घर परिवारको बसोबास छ ।

त्यहाँका बासिन्दा छ महिना गाउँमा र छ महिना बाहिर बस्छन्। कात्तिकपछि चिसो बढ्ने भएकाले गाउँलेहरू सदरमुकामतिर झर्ने गरेको बुढाथोकीले बताए ।

‘पहिला सदरमुकामबाट गाउँ जाँदा पुग्यो कि पुगेन भन्ने खबर पनि गर्न सकिन्थ्यो। अब सुविधा भएको छ,’ बुढाथोकीले भने ।

हिउँदमा बस्ती सर्दा फोनलाई घरमै ताला लगाएर सुरक्षित राखिने उनले बताए ।

सम्बन्धित समाचार