यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा वर्ग थप गर्नका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागिसमेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।