बिहिबार , अषोज १, २०८३

जंगली च्याउ खाँदा ओखलढुंगामा दुई जनाको ज्यान गयो

अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

image

काठमाडौं । ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । यसैगरी दुईजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरूलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाइएको थियो ।

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार