बिहिबार , अषोज १, २०८३

प्रज्ञा-प्रतिष्ठानलाई सरकारले सहयोग रहने देउबाको दाबी

image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्येनजर गर्दै सरकारले सहयोग रहने बताएका छन् ।

नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइ समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

‘आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभूत रुपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्द्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्‍याउने विश्वास लिएको छु,’ देउवाले भने, ‘प्रज्ञा प्रतिष्ठानलाई नेपाल सरकारले सदा सहयोग गर्ने कुरा पनि व्यक्त गर्न चाहन्छु । जहाँसम्म यहाँ आर्थिक कठिनाइ भन्ने कुरा आएको छ यसमा हामी अवश्य नै सल्लाह गरेर के हुन्छ सरकारले अवश्य नै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

Tags:

सम्बन्धित समाचार