शनिबार , अषोज ३, २०८३

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ३ जनाको मृत्यु

स्थानीय समय अनुसार राती १२ः४५ बजे घटना भएको हो ।

image

एजेन्सी । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।

क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार राती १२ः४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । तीमध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुकसम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।

सम्बन्धित समाचार