सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको छ ।
बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ ।
बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । जसमा, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ भने कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ ।