शुक्रबार , भाद्र १२, २०८३

दैत्यहरूको अत्याचार रोक्न देवताहरूले सभा बसेकाे ठाउँ ‘सभापाेखरी’

यस पोखरीमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । अहिले पनि मेला जारी छ । साउन २७ गते जनैपूर्णिमासम्म मेला जारी रहन्छ ।

image

पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ ।

धार्मिक तथा प्राकृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । अहिले पनि मेला जारी छ । साउन २७ गते जनैपूर्णिमासम्म मेला जारी रहन्छ ।

सङ्खुवासभा जिल्लाको नामकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ ।

वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट ३/४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।

सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं ५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ ।

प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्त्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ । समुद्र सतहबाट ४२४० मिटरको उचाइमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ ।

सङ्खुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्यधिक प्रचार भए पनि पोखरी नजिकसम्म सहज सडक नभएकाले धेरै तीर्थयात्रीहरू तथा ट्रेकिङ पारखीहरू यहाँ पुग्न सकेका छैनन् ।

सम्बन्धित समाचार