शुक्रबार , जेठ ८, २०८३

काे थिए कांग्रेस नेता प्रदीप गिरी ?

बौद्धिक नेताका रूपमा परिचित ६१ वर्षीय प्रदीप गिरी समानुपातिक काग्रेसका सभासद थिए ।

image

कांग्रेस नेता प्रदीप गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको छ । सिराहा एकबाट प्रतिनिधिसभा सांसद रहेका गिरी क्यान्सरबाट पीडित थिए । मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । २००४ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् भने उनका एक श्रीमती र एक छोरा रहेका छन् ।

बौद्धिक नेताका रूपमा परिचित ६१ वर्षीय प्रदीप गिरी समानुपातिक काग्रेसका सभासद थिए । आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएको र २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेको उहाँ बताउनुहुन्थ्यो । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उहाँले जेल जीवन बिताउनुभएको छ ।

उहाँ २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो भने उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिनुभएको थियो । व्यवस्थापिका संसदमा उहाँले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो ।

हरेक राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका उनी २०५१ सालबाट संसदीय राजनीतिमा यात्रामा रहेर निरन्तर संसदमा रहे । संसदमा वाकपटुता भएका सांसदको रुपमा गिरीले पहिचान पनि बनाएका थिए । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायतका एक दर्जन भन्दा बढी पुस्तक प्रकााशित रहेका छन् ।

उनी २०२१ सालबाट राजनीतिमा सक्रिय भएका थिए भने २०२४ सालमा वनारसमा नेपाल छात्र संघमा आवद्ध भई निर्वाचित कमिटीमा बसेका थिए । उनी नेपाली कांग्रेसको केन्द्रीय समितिमा लामो समयदेखि क्रियाशिल पनि रहे ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका उनले राज्यको पुनःसंरचना र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मुद्दा संविधानसभामा उठाउने अठोट गरेका थिए ।

सम्बन्धित समाचार