काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।
नक्सा पासविपरीत संरचना निर्माण गरेका व्यवसायीले महानगरको अल्टिमेटम अटेर गरेपछि डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
फुटपाथ अतिक्रमण गरेर बनाइएका अवैध संरचना, मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन डोजरको प्रयोग गरिएको एसपी पाण्डेले बताए ।
महानगरले गत साता पनि कोटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको थियो । महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउँदै आएको छ ।