शुक्रबार , अषोज ९, २०८३

महानगरले खाली गर्‍यो कोटेश्वरको भाटभटेनी बे‍समेन्ट

image

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ ।

पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो ।

पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरसचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ ।

Tags:

सम्बन्धित समाचार