प्रहरीका अनुसार होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ ।
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आउनेबित्तिकै पक्राउ पर्ने डरले विदेशबाटै कानुनी परामर्शमा रहेको बताइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी भन्छन्, “सन्दीप प्रकरणबारे अनुसन्धान जारी रहेको छ र अनुसन्धानकै क्रममा रहेकाले हामीले यसबारे धेरै बोल्न मिल्दैन ।”
लामिछानेविरुद्ध यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग छ । बलात्कृत युवतीका आफन्तले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरेक अवस्थामा उनी विरुद्ध क्राउ पुर्जीसमेत जारी भइसकेको छ।
सन्दीपसहितको नेपाली टोली भदौ ६ गते अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँबाट उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।
निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइसकेको छ ।सन्दीपसहितको नेपाली टोली भदौ ६ गते अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या प्रस्थान गरेको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर, सन्दीप वेष्ट इन्डिजमै छन् वा त्यहाँबाट आएर अर्को मुलुकमा छन् भन्ने सूचना सुरक्षा निकायले प्राप्त नगरेको बताइएको छ ।
सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । सन्दीपले नाबालिग बलात्कारको आरोप लागेपछि सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने समेत बताएका थिए । तर, उनी हवाई मार्गबाट नेपाल आइपुगेका छैनन् ।
प्रहरीका अनुसार होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको पनि देखिएको छ ।
उनी आरोपी मात्रै रहेकोले नेपाल नआएको अवस्थामा अहिले नै इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी हुने अवस्था नरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।