शुक्रबार , जेठ ८, २०८३

छाेराद्वारा आमाको हत्या

image

काठमाडौँ । धनुषा स्थित सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि ३६ वर्षीया आमा सिकिलिया देवीको हत्या गरेको आरोप छ त्यसैले उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । घरायसी विवाद हुँदा उनले आफ्नी आमाको टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । के कारणले उनीहरूबीच विवाद भएको भन्ने खुल्न नसकेको यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार