बिहिबार , अषोज ८, २०८३

नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यमा भीमप्रसाद पन्त नियुक्त

image

काठमाडौं । पर्यटन व्यवसायी भीमप्रसाद पन्त नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन व्यवसायी पन्तलाई प्राधिकरणको बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन् ।

यूरोपेली युनियनले नेपाली हवाई क्षेत्रलाई राखेको कालोसूचीबाट हटाउन पहल गर्ने, दुर्गम क्षेत्रमा हवाई सेवा सुचारु गर्न आफूले पहल गर्ने पन्तले बताए । हवाई क्षेत्रमा निजीक्षेत्रले खेपेका समस्या र चासोका बारेमा आफूले बोर्डमा कुरा राख्ने समेत उनको भनाइ छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव समेत रहेका उनले पर्यटन व्यवसायको सुधारका लागि विभिन्न पहल गरेका छन् ।

Tags:

सम्बन्धित समाचार