धादिङ । पञ्चायती शासन विरुद्ध विद्राेहमा सहभागी भएका बखत बर्बरता पूर्वक हत्या गरिएका सहिद छेज्यु तामाङकाे सम्झनामा “प्रथम सहिद छेज्यु तामाङ स्मृति खुल्ला दौड प्रतियोगिता” हुने भएको छ ।
यही असाेज १६ गते बच्छला खेल मैदानमा हुने याे प्रतियाेगिताकाे नारा “Better Health, Better Wealth” रहेकाे छ । खनियाबास गाउँपालिकाको सहयोगमा गोन्पोङ समाजले १० किलाेमिटरकाे पुरुष खुल्ला दौड प्रतियोगिता हुन लागिएको हो ।
खेलकुदले स्वस्थ्य र तन्दुरुस्ती बनाउँछ, स्वस्थ्य र तन्दुरुस्त व्यक्तिले समृद्ध समाज निर्माणमा याेगदान दिने आयाेजक समितिका राम गाेम्जाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कनुन, न्याय र संसदीय व्यवस्था मन्त्रालयका पूर्व राज्यमन्त्री दिलमान पाख्रिनकाे प्रमुख आतिथ्यता रहने उनले जानकारी दिए ।
खनियाबास गाउँपालिका वडा न. ५ को बच्छला खेल मैदान, वालागाङमा हुन लागिएको पालिका स्तरीय प्रतियोगिता पालिका भित्रका इच्छुक पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन भने खेल असोज १६ गते हुने छ ।
प्रतियाेगितामा प्रथम हुनेलाई नगद रु १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो लाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै सहभागी हुने सबै धावकहरूलाई जर्सी समेत निशुल्क वितरण गरिने आयोजक समितिले बताएको छ ।