शुक्रबार , अषोज ९, २०८३

विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी दर्ता

image

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको बताएका छन् ।

Tags:

सम्बन्धित समाचार