बिहिबार , अषोज ८, २०८३

चुनाव नहुँदै निर्वाचित भए दीपक मनाङे

image

काठमाडौं । हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) सदस्यमा दीपक मनाङे (राजिव गुरुङ) निर्विरोध निर्वाचित भएका छन ।
मनाङ (ख) प्रदेशसभा सदस्यमा दीपक मनाङे (राजिव गुरुङ) को प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएपछि नेता मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

दोर्जे लामाले स्वतन्त्र उम्मेदवारी दिएकोमा बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन । यसअघि गठबन्धन र एमाले दुवैले मनाङेलाई समर्थन गरेर उम्मेदवारी दिएका थिएनन् । यति बेला मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावको लागि देशै भरी माहोल तातिएको छ ।

गुरूङ अहिले गण्डकीका युवा तथा खेलकुद मन्त्री हुन् ।

सम्बन्धित समाचार