पोखरा पुग्ने अधिकांश पर्यटकले फेवातालमा डुङ्गा सयर गर्दछन् । तालको बीचमा विराजमान बाराही मन्दिरको दर्शनका लागि पनि डुङ्गा सयर गरेरै जानुपर्छ ।
नेपालकै सुन्दर पर्यटकीय नगरी पोखराको काखमा विराजमान फेवाताल नेपालकै दोस्रो ठुलो ताल हो । यो ताल माछापुच्छ्रे ,अन्नपूर्ण, धवलागीरी लगायत अन्य पर्वतको टाकुराको प्रतिबिम्बको अवलाेकनकाे लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ । यो ताल गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिकामा अवस्थित छ । गण्डकी प्रदेशको राजधानी पोखराको एक प्रमुख पर्यटकीय आकर्षण हो, फेवा ताल ।
यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यस तालको बीचमा बनेको टापुमा बाराहीको मन्दिर रहेको छ । जसलाई ताल बाराही मन्दिर भनेर पनि चिनिन्छ । घाम झुल्किने र अस्ताउने बेलाको फेवातालको अदभुत दृष्यले सबैलाई मोहित र आनन्दित बनाउँछ ।
यो ताल डुङ्गा सयरका लागि पनि उतिकै प्रख्यात छ । पोखरा पुग्ने अधिकांश पर्यटकले फेवातालमा डुङ्गा सयर गर्दछन् । तालको बीचमा विराजमान बाराही मन्दिरको दर्शनका लागि पनि डुङ्गा सयर गरेरै जानुपर्छ ।
यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी क्षेत्रफल ओगटेको छ । यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ, भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ ।
यस तालको उत्तर दिशामा अन्नपूर्णा हिमशृङ्खला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ ।
तस्बिरहरू:








