बुधबार , अषोज ७, २०८३

समाजसेवामा सेवामा कराेडाैँ रूपयाँ सहयाेग गर्ने एक गुमनाम दम्पत्ति

पछिल्लो समय अरूलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरू बढी प्रचारबाजीमा लागेको आरोपहरू पनि सुन्न पाइन्छ । तर कतिपय यस्ता व्यक्ति तथा संस्थाहरू पनि छन्, जसले करोडौँ रूपैयाँ बराबरको सहयोग गरेर पनि गुमनाम छन् । जो प्रचारको पछि लाग्दैनन् । त्यस्ता संस्थाहरूमध्ये एक हुन्, हेम एण्ड माया थापा फाउण्डेसन ।

image

भनिन्छ, ‘ती मानिसहरूका जीवन सार्थक हुन्छ, जो अरूका लागि पनि बाँच्दछन् ।’ हुन पनि हो, जसले अरूका लागि केही योग्दान दिन्छन् तिनीहरू सम्झीरहन्छन् । अरूबाट केही लिँदा वा लिन पाउँदा खुुसी मान्ने मानिसहरूको स्वभाव हो । तर, समाजमा कमै मानिसहरू हुन्छन् , जो अरूलाई दिँदा आनन्द मान्छन् , जसरी अरूले लिँदा आनन्द महसुस गर्छन् । आर्थिक, भौतिक तथा नैतिक समर्थन गरेर मानिसहरूले अरुलाई सहयोग गरिहेका हुन्छन् ।

पछिल्लो समय अरूलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरू बढी प्रचारबाजीमा लागेको आरोपहरू पनि सुन्न पाइन्छ । सानातिना सहयोगलाई पनि ठुलो बनाएर प्रचार गर्ने र दुनियाँलाई थाहा दिनुपर्ने मान्नेताबाट ग्रसित समाजसेवा निस्वार्थ नभएको टिप्पणीहरू पनि सुनिन्छ । खैर, तर कतिपय यस्ता व्यक्ति तथा संस्थाहरू पनि छन्, जसले करोडौँ रूपैयाँ बराबरको सहयोग गरेर पनि गुमनाम छन् । जो प्रचारको पछि लाग्दैनन् । त्यस्ता संस्थाहरूमध्ये एक हुन्, हेम एण्ड माया थापा फाउण्डेसन ।

तेह्रथुमको मोराहांङ ९ सिकिदिम घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आएका हेम एण्ड माया थापा फाउण्डेसनले देश तथा विदेशमा रहेर समस्यामा परेकालाई २३ करोड रुपियाँ सहयोग गरेको छ । समाज सेवामा लागेर करोडौँ रुपियाँ सहयोग गरेको भए पनि फाउण्डेशन खासै चर्चामा आएको छैन । दुः ख कष्ट भोगेर सहेर आफू विपन्न परिवारमा जन्मेको भए पनि दुः ख र पीडालाई बुझेर नै समाजसेवामा लागेको थापाले बताए ।

विदेश बस्नु भएको ३१ वर्ष भए पनि अहिले उनीहरूले नेपालमा हेम एण्ड माया थापा फाउण्डेसन नेपाल संस्था दर्ता गरी विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आएका छन् । हालसालै सो फाउण्डेशनले सुदूरपश्चिममा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बुधबार राति गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको पूर्वचौकी गाउँपालिका ३ गैरागाउँमा मानवीय क्षति भएको थियो ।

समाजसेवी थापाले मृतकका परिवारलाई ५० हजार रुपियाँ सहयोग गरेका छन् । फाउण्डेसनले विभिन्न विपद्मा परेकाहरूका लागि आर्थिक सहयोग प्रदान गर्दैआएको छ ।

त्यस्तै, गरिब निमुखाहरूलाई स्वास्थ्य उपचारका लागि नगद र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । सो फाउण्डेसनले पर्साको मौवानमा एक विद्यालयको भवन पनि निर्माण गरेको फाउण्डेसनकी सदस्य माया थापाले बताएकी छन् ।

२०७२ को भूकम्पमा पनि थापाले खाद्य, त्रिपाल, लुगा कपडा र नगद गरी ३० लाख सहयोग गरेको थियो । फाउण्डेसनका संस्थापक थापाले विभिन्न विपतमा परेकाहरूको उपचार, राहत र आर्थिक सहयोग गरी एक करोड सहयोग गरेको बताए । बाढी, पहिरो, हावाहुरी जाँदा विभिन्न ठाउँमा मठ, मन्दिर, विद्यालय, हस्पिटल, पाटीपौवा, पुराना लगाउँदा २५ देखि ३० लाख गरिसकेको जानकारी दिएका छन् ।

त्यस्तै, विदेशमा मृत्युदण्ड पाएका प्रेम राईलाई पाँच लाख, कुमार रानामगरलाई दुई लाख, खड्क जोगीलाई ६ लाख, विनोद रानाभाटलाई एक लाख गरी चौध लाख सहयोग गरी उद्धार गरेको बताएका छन् ।

विगत ३९ वर्षदेखि समाजसेवामा सक्रिय थापा दम्पतीले असहाय बालबालिकाको शिक्षादीक्षाका लागि आजसम्म ५६ हजार ७ सय ९२ जनाभन्दा बढीलाई सहयोग प्रदान गरेको छ ।

निस्वार्थ भावले विपन्नमा परेका र खाँचाे परेकालाई सहयाेग गरेकाे हुनाले प्रचारबाजीकाे जरुरी नभएकाे दम्पत्तिकाे भनाइ छ । कसैले थाहा पाए पनि नपाए पनि समाजेवामा निरन्तर लागिरहने दम्पत्तिकाे अठाेट छ । (गाेरखापत्र अनलाइनकाे सहयाेगमा)

सम्बन्धित समाचार