बुधबार , अषोज ७, २०८३

चुनावको पर्यवेक्षणका लागि जापानी मन्त्री नेपाल आउँदै

image

काठमाडौं । जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदैछन् । उनी निर्वाचन पर्यवेक्षणका लागि चुनावको दिन नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

नेपालमा यसअघि वि.सं. २०७४ को आम निर्वाचनमा जापान सरकारले पूर्वउपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।

मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । ‘नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुईदिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Tags:

सम्बन्धित समाचार