शनिबार , बैसाख २६, २०८३

पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो

image

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पितृका नाममा बत्ती बाल्नेहरुको  घुइँचो लागेको छ । बालाचतुर्दशीको अघिल्लो दिन अर्थात् आज बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्ने परम्परा रहेको छ ।

पशुपति क्षेत्र विकास कोषले महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने स्पष्ट पारेको छ ।

सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मंगलबार बिहानै पितृको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ , चना, मकै, कागुनो मिसाएर पशुपति क्षेत्र वरपर छर्छन् ।

Tags:

सम्बन्धित समाचार