हाम्रा यस्ता कलाकार कहाँकहाँ पुगे र सीप प्रदर्शन गरी देशको इज्जत बढाए भन्ने कुरा खोजी गर्न आवश्यक छ । कलाका पारखीले कलाकारको इज्जत गर्नु पर्दछ ।
तागाधारी बुद्ध इन्डाेनेसियाकाे बाेराेबुडुर क्षेत्रमा देखिन्छन् । यसलाई विश्वको सबैभन्दा ठूलाे विहार मानिन्छ । यस विहारकाे निर्माण गर्ने व्यक्ति ललितपुर पाटनका वास्तुविद् गुणधर्म थिए । यिनी इसाको सातौँ शताब्दीमा भारत र श्रीलङ्का हुँदै इन्डोनेसिया पुगेको बताइन्छ । उनकाे साथमा अन्य वास्तुकार पनि थिए भन्ने अनुमान छ ।
अरनिको सरह यिनले भने दक्षिण पूर्वमा नेपाली कलाकाे प्रचार गरे । यसका बारेमा खोजी गरी मित्र प्रा. त्रिविक्रम भट्टराईले एउटा लेख लेख्नु भएकाे छ । हाम्रा यस्ता कलाकार कहाँकहाँ पुगे र सीप प्रदर्शन गरी देशको इज्जत बढाए भन्ने कुरा खोजी गर्न आवश्यक छ । कलाका पारखीले कलाकारको इज्जत गर्नु पर्दछ ।
यस्ता दक्ष शिल्पी र कलाका पारखीका बारेमा सोधखोज हुन अझ बाँकी रहेकाले यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।
बुद्धको शरिरमा देखिएको जनै हो होइन, खोजी एवम् प्रमाणीकरणको विषय हो । वास्तुविद् गुणधर्म र बाेराेबुडुरको नेपाल सम्बन्धको खोजी होस् भनि यस आलेख यहाँ राखिएको हो- सम्पादक ।