कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छाले गरेका हुन् ।
काठमाडौँ । नेपाल निर्यात परिषद्को २५ औँ वार्षिक साधारण सभा तथा ७ औँ निर्यात दिवसको उपलक्ष्यमा निर्यातयोग्य वस्तुहरूको मेला तथा प्रदर्शनी कार्यक्रम चलिरहेको छ ।
आज बिहीबार अर्थात् पुष २१ बाट राजधानीको ठमेलस्थित छाया सेन्टरमा आयोजना भएको छ । ‘निर्यातको विस्तार, अर्थतन्त्रको सुधार’ भन्ने मूल नारासहित आयोजना भएको कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा नेपाल निर्यात परिषद्ले आयोजना गरेको हो ।
मेलामा विभिन्न किसिमका नेपाली हस्तकलाका सामाग्रीहरू प्रदर्शनमा राखिएका छन् । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेखर गोल्छाले गरेका हुन् । नेपालको संस्कृतिसँग जोडिएका घरेलु उत्पादन विभिन्न कलात्मक मूर्ति, मुकुण्डो, सिङ्गिङ्ग बल, नेपालमा उत्पादित विभिन्न सजिसजाउका सामाग्री तथा कपडाहरू प्रदर्शनमा राखिएका छन् ।
दुईदिने उक्त प्रदर्शनी भोलि शुक्रबार, पुष २२ गतेसम्म चल्नेछ ।