hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

शताब्दी घरमा कुरा चल्यो, ‘नेपाल अरनिकोलाई चिन्दैन !’

image

पर्वत । जिल्ला सदरमुकाम कुश्मास्थित शताब्दीघरमा शनिबार नेपाली कला र संस्कृतिबारे विशद चर्चा-परिचर्चा भयो ।

सन्दर्भ थियो, मार्च ११ अर्थात् राष्ट्रिय विभूति अरनिकोको  निधन भएको दिन । सन् १२४४ मा पाटनमा जन्मिएका अरनिकोको निधन सन् १३०६ मा ६३ वर्षका उमेरमा चीनमा निधन भएको थियो ।

अरनिकोको स्मृति दिवसको अवसरमा कुश्मा कला परियोजनाले पर्वते स्रष्टा गणेशकुमार जिसीद्वारा लिखित ‘अरनिको एशीया: एक प्रस्तावना’ पुस्तकको विमर्श कार्यक्रम गरेको हो ।

पुस्तकबारे चर्चा-परिचर्चा गर्दै स्रष्टाहरूले मुलुकको कलाकारिता क्षेत्रको विकास तथा नेपाली मौलिकतामा आधारित वास्तुकलालाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन अरनिकोले गरेको योगदानको मुलुकले कदर गर्न नसकेको बताएका छन् । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन नसकिरहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका हुन् ।

कुश्मा कलाका परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले  जिसीको पुस्तक कलाकार अरनिकोलाई चिन्ने र नेपालको भूमि, सभ्यता, हिमाली संस्कृति र कलाको सभ्यता विश्वव्यापी रुपमा चियाउने  आँखीझ्याल भएको बताए ।

 “करीब ७०० वर्षअघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्थाले देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिन्छ । तत्कालीन समयमा तामा, पित्तल, काँचलगायत धातु बनाउन सक्ने पूर्वजका सीपलाई अनुसन्धान गर्नुपर्छ, अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ, त्यसका लागि राज्यले पहिले कलाकार अरनिकोलाई चिन्नुपर्छ । तब मात्र हामीले अरनिकोलाई विमर्श गर्नुको अर्थ छ”, गिरीले बताए ।

गिरि नेपालको पूर्व इतिहासकालको ललितकला, भाषा, साहित्य, पुरातत्त्व, इतिहास आदिको सापेक्ष अध्ययनका लागि अरनिको मानक नाम् भएको बताउँछन् । “एसियाली सभ्यताको कुरा गर्दा हिमाली सभ्यता छुटाउनु मिल्दैन । हिमाली सभ्यताको विविधता, कालक्रमिक विकास र इतिहासका अभिलेखीकारणलाई पुस्तान्तरण गर्न ढिलाई भइसकेको छ”, उनी भन्छन् ।

यसैगरि, चिनको तिब्बत पुगेर नेपालीका कलालाई एशिया महादेशमा प्रचार गरेको इतिहास मुलुकले जोगाउन नसकेको बताउँछन्, अर्का वक्ता ईन्द्रमान खत्री । “अरनिकोकै कलाकारिताका कारण नेपाल र चीनका बीचमा त्यो समयदेखि दुई देशको सम्बन्ध प्रगाढ हुँदै आएको हो । आजसम्म पनि त्यस सम्बन्धमा झन् बढी गहिरो सम्बन्ध स्थापित भएको छ । यस्ता राष्ट्रवादी महान् कलाकार प्रत्येक नेपालीका लागि मार्गदर्शक पनि हुन्”, उनी भन्छन् ।

चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाको निम्तो र नेपाल सरकारको स्वीकृतिमा ८० जना अन्य कलाकारहरूको नेतृत्व गर्दै अरनिको चीन प्रस्थान गरेका थिए । सन् १२६० को समयमा उनी आफ्ना सहयोगीहरू लिएर कोदारीको बाटो हुँदै महीनौं दिन लगाएर चीन पुगेका थिए । “अरनिको त्यो व्यक्ति हुन्, जसले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रबर्द्धन गरेका थिए”, खत्रीले बताए ।

अरनिकोको काम पछ्याउँदै जाँदा उनी त विश्व स्तरको कलाकार लागेरनै आफूले अरनिकोलाई आफ्नो खोज-अन्वेषणको पात्र बनाएको कृतिका रचयीता गणेशकुमार जिसीले बताए ।

“अरनिको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा  निर्माण गरेका प्यागोडा शैलीमा श्वेत चैत्य आज पनि कलाको इतिहासमा एक अनुपम उदाहरण मान्ने गरिन्छ । उनले चीनमा उनले अनेकौं बौद्धबिहार, स्तूप, बुद्धमूर्ति आदि नेपाली शैलीमा निर्माण गरेका छन् । यसका अतिरिक्त तत्कालीन राजारानी, विभिन्न मन्त्रीहरू लगायत राजपरिवारका सदस्यहरूका साथै अन्य विशिष्ट व्यक्तित्वहरूका चित्रकला समेत सिर्जना गरेका छन्”, जिसीले बताए ।

नेपाली पाठ्यक्रम (कोर्ष) मा अरनिको, उनका कला तथा नेपाली कला र कलाकार बारे समावेश गर्ने, नीतिगत सुधार, परिमार्जन आवश्यक समेत रहेको उनी औल्याउँछन् । ‘नेपाल अरनिको, अरनिको भन्छ, तर उनलाई चिन्दैन । पाटन सहरका यलेय बाबु अर्थात नेपालको मुर्धन्य कला सम्राट अरनिकोबारे सीमित ज्ञान र चासो राख्दछ तर, अरनिको सम्बन्धमा लामो अन्वेषण र विश्लेषण आवश्यक छ”, जिसी भन्छन् ।

त्यस्तै, अर्का वक्ता मुकेशचन्द्र भण्डारीले नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्ध विस्तार गर्न अरनिको भूमिका अहंम र ऐतिहासिक भएको चर्चा गरे । नेपाली कलालाई विकास, विस्तार र व्यावसायिक बनाउन सकेमा अरनिका र उनी जस्ता कलाकार प्रति सच्चा सम्झना, सम्मान हुने उनको बुझाइ छ ।

शताब्दी घरमा आयोजित कार्यक्रमलाई अबका हरेक वर्ष उनको जन्म र स्मृति दिवसलाई भव्यरुपमा मनाउने र शताब्दी घरको परिसरमा कलाकार अरनिकोको शालिक र उनीद्वारा निर्मित स्वेतचैत्यको स्थापना गरिने कुश्मा कला परियोजनाले बताएको छ ।

Tags:

सम्बन्धित समाचार