acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170वि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरु नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रूपमा अन्य उदासीहरूका साथ नेपाल प्रवेश गर्नुभएका गुरु नानक बालाजु नजिकै एक वर्ष भन्दा बढी बिताएका थिए ।
वि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरु नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रूपमा अन्य उदासीहरूका साथ नेपाल प्रवेश गर्नुभएका गुरु नानक बालाजु नजिकै एक वर्ष भन्दा बढी बिताएका थिए, सो स्थानलाई हाल नानक मठ भनिन्छ । सिख गुरुले ध्यान गरेको पिपलको चौतारा सिख धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल पनि हो ।
बालाजुमा एक वर्ष बिताएपछि फर्कनु भएका गुरु नानक जनकपुर पुगे, त्यहाँबाट कोशी । कोशीबाट त्याङबोचे पुगेको प्रमाण गुरु नानक सम्बन्धि अध्ययन गरेका डा. दलविन्दर सिंहको सोधमा भेटिन्छ । त्याङबोचे गुम्बामा केही समय बिताएका वहाँलाई स्थानीयले गुरु रिम्पोछेका रूपमा सम्मान गरेका थिए ।
वि.सं. १८६३ मा काँगडाका शासक संसार चन्दलाई हराई गोरखालीले विजय गरेको नजिकबाट नियालेका शेर-ए-पञ्जाव रणजीत सिंहले गोर्खालीलाई आफ्नो सेनामा भर्ती हुन लालच देखाए । नेपालका महान् योद्धा बलभद्र कुँवर नालापानीको पराजयपछि देश फर्केर केही नेपालीको जमातको साथ यिनै पञ्जाव केसरी रणजित सिंहको सेनामा गोर्खा सैनिक कम्पनीका गठन गरि सोही कम्पनीको नायक भएका थिए । उनको यो सैनिक अड्डा लाहोरमा थियो । त्यसबेला पश्चिम नेपालमा लाहोर जाने चलन नै शुरू भएको थियो । यसपछि विदेशमा जाने हरेक नेपालीले ‘लाहुर जाने’ भन्न थाले । साथै त्यसरी जानेहरूलाई ‘लाहुरे’ भन्न थाले ।
तर, अफसोस पञ्जावी सेनाको तर्फबाट लड्ने समयमा पेशावरमा वि.सं. १८७९ चैत्र २ गते बलभद्र कुँवरको मृत्यु भयो । एक बहादुर गोर्खाली योद्धाको विदेशी भूमिमा विदेशी सैनिकका रूपमा विदेशीका हातबाट मारिए । यसरी लाहुरे परम्पराको बीजारोपण भयो । वीर नेपालीहरू विदेशी भूमिमा विदेशी सैनिकका रूपमा लड्ने परम्पराको थालनी भयो ।
यसरी सिख शासक तथा सिख जनताहरूका नजिक भएका नेपालीहरूमा अझ नजिकिने अर्को मौका मिल्यो । बलभद्रलाई एक वीर योद्धाका रूपमा लाहोरमा स्वागत गरेका शेर-ए-पन्जाव रणजितसिंहका रानी जिन्दा कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजितसिंहको रानी जिन्द कौरलाई शरण दिएर काकाको ऋण चुक्ता गरे ।
भीमसेन थापाको समयमा पञ्जाव केशरी रणजित सिंहलाई मिलेर अङ्ग्रेज विरुद्ध युद्ध गर्ने उद्देश्यले अनुरोध गरे पनि सहयोग नगर्दा नेपालले निकै ठूलो पराजय झेल्नु परेको थियो । भीमसेन थापाले बाध्य भएर अङ्ग्रेजसँग सुगौली सन्धि गरि नेपालको ठूलो भू-भाग गुमाउनु परेको थियो । तिनै रणजित सिंहले गोर्खाली योद्धा बलभद्र कुँवरलाई फकाएर आफ्नो सेनामा राख्न सफल भएका थिए । समयकाल परिवर्तन हुँदा शक्तिशाली शेर-ए-पञ्जावका रूपमा चर्चा कमाएका रणजीत सिंहका कान्छी रानी जिन्द कौर भागेर जोगिनीको भेषमा भिक्षाखोरी (अमलेखगञ्ज) आइपुगेपछि शरणको मरण गर्नुहुँदैन भनेर जङ्गबहादुरले वैशाख २१, १९०६ मा काठमाडौं ल्याई थापाथली दरकार भित्र नै शरण दिएर राखेका थिए । मासिक २५०० रूपैया समेतको व्यवस्था गरिदिएका जङ्गबहादुरले पछि रानी जिन्द कौरका लागि घर नै बनाइदिए । घरको माथि चारवटा बुर्जा राखिएकोले यस घरलाई चारबुर्जा महल पनि भन्न थालेको थियो ।
वि.सं. १९१२ मा नेपाल छोडेर बेलायत फर्कने बेला सो महल रानी जिन्द कौरले एक ब्राह्मणलाई दान दिएर गए । ब्राह्मणलाई दान दिएको खोस्नु हुँदैन भनेर ब्राह्मणबाट जङ्गबहादुरले किनेर फिर्ता लिए ।
जङ्गबहादुरले बहिनीको रूपमा सम्मानित रूपमा राखेको हुँदा सिखहरूले काठमाडौंलाई मामाघर र नेपालीहरूलाई मामाको रूपमा सम्मान गर्दथे । सिखहरूले नेपाल र नेपालीलाई माया गर्नुको कारण यही नै थियो । योगिनीको रूपमा भिच्छाखोरी (अमलेखगञ्ज) हुँदै नेपाल पस्दा उनको साथमा धेरै सिखहरू पनि आएका थिए । जो नेपालमा नै बस्न थाले ।
यसरी पञ्जावका सिख र नेपालको सम्बन्ध दरिलो हुँदै गयो । पञ्जावबाट नेपाल आउने सिखहरूको सङ्ख्या बढ्दै गयो । यसरी नेपाल आउने अनगिनत सरदार (पञ्जावी)हरूमा २०१४ सालमा २२ वर्षे केटो प्रितमसिंहको पनि आगमन भयो । उनको आगमनले नेपालको ढुवानी तथा यातायात क्षेत्रमा ठूलो परिवर्तन आयो ।
काठमाडौं असनका दाजुभाइ करुणारत्न तुलाधर तथा लुपौरत्न तुलाधरले २०१६ सालमै नेपाल ट्रान्सपोर्ट सर्भिस नामको कम्पनी खोलेर सार्वजनिक यातायातको शुभारम्भ गरेका थिए । यी दाजुभाइले खोलेको नेपाल ट्रान्सपोर्ट सर्भिसले २०१६ सालमा “विलिजको स्टेशन वागन”मा रानीपोखरीबाट पाटनढोका सम्म यातायात सेवा दिएर पहिलो सार्वजनिक यातायातको शुभारम्भ गरेका थिए ।
वि.सं. २०१४ सालमा जम्मुबाट २२ बर्से केटो सरदार प्रितमसिंह उनका बुबाको साथ काठमाडौंमा बिहेको निम्तो मान्न आइपुगेका थिए । जम्मुमा ट्रान्सपोर्टकै व्यवसायमा जमेका यिनको परिवार थियो । यसैले काठमाडौंमा केही दिनको बसाइमा उनलाई यातायातको लागी केही गर्न राजा महेन्द्रबाट अनुरोध भयो । भर्खर मात्र त्रिभुवन राजपथ बन्दै गरेको हुँदा केही सम्भावना देखेपछि २०१५ सालमा तीनवटा ट्रकको साथ ट्रक ड्राइभर र खलासी गरि ६ सिखलाई लिएर बाबु-छोरा फेरी नेपाल नै फर्किए । यसपटक भने व्यापार व्यवसाय गर्ने ध्येयले यतै बस्ने गरि आएका थिए ।
नेपाल सरकारले चिनी, नुन लगायत वस्तु विस्तारै भारतबाट आयात गर्न थालेको हुँदा उनको व्यवसाय बढ्न थाल्यो । जसले गर्दा “नेपाल पब्लिक मोटर सर्भिस”को जन्म भयो । केही साथीहरूसँग मिलेर शुरु गरेको “नेपाल पब्लिक मोटर सर्भिस” बिस्तारै सिखहरूको पहिचान बन्न थाल्यो । विस्तारै प्रगति हुँदै गयो एक समय राजमार्गमा NPMS लेखिएका ट्रकहरू र त्यसमा सरदार (सिख)हरूले चलाएको मात्र देखिन्थे ।
बाल्यकालमा हामी पनि NPMS लेखिएको सरदारले चलाएको ट्रकहरू मात्र देख्थ्यौ । NPMS को अर्थ थाहा थिएन, हामी अन्जानमा “नेपरेको पन्जाबी मात्तेको सरदार” भनेर भन्थ्यौ । यो सुन्दा ट्रक चलाउने सरदारजी रिसाउनु हुन्थ्यो ।
सिखहरूको नेपालमा यातायातको विकासमा निकै महत्त्वपूर्ण भूमिका छ । N.P.M.S. अर्थात् नेपाल पब्लिक मोटर्स सर्भिस नेपालको यातायात क्षेत्रमा निकै महत्त्वपूर्ण नाम हो । निकै ध्यान पूर्वक यातायातका साधन चलाउने सरदारजीहरूले नेपालमा ठूलो दुर्घटना गराएको बिरलै भेटिन्छ ।