सोमबार , भाद्र ८, २०८३

बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप

बझाङको सुर्मा गाउँपालिकामा बसेको सर्वदलीय बैठकमा झडप भएको छ ।

image

काठमाडौं । बझाङको सुर्मा गाउँपालिकामा बसेको सर्वदलीय बैठकमा झडप भएको छ । खबरका अनुसार अपाङ्ग–अशक्तहरूलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो ।

नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा झडपमा घाइते भएको बताइएको छ । वडाध्यक्षका उम्मेदवार उपचारपछि डिस्चार्ज भएको जनाइएको छ । उनीहरूमाथि स्थानीय अपिल बोहरा लगायत ५ जना काँग्रेसका कार्यकर्ताले हमला गरेका थिए । हमलामा संलग्नहरूबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags:

सम्बन्धित समाचार