बन्चरेडाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल गरिएको छ।
काठमाडौं । स्थानीयले अवरोध कायम राखेपछि सुरक्षाकर्मीसहित बन्चरेडाँडा पुगेको फोहोर बोकेका गाडी फिर्ता आउने भएको छ । स्थानीयले फोहोर फाल्न नदिएपछि गाडीहरु काठमाडौं फर्किन थालेको प्रहरीले जनाएको छ ।
स्थानीयहरुले फोहोर बोकेको गाडीमाथि तोडफोड गर्न थालेपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको थियो । स्थानीयबासीहरुले डाँडाबाट ढुंगामुढा गर्दा तीन प्रहरीसमेत घाइते भएका छन् ।
‘बन्चरेडाँडामा स्थानीयहरुले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते भएका छन् । गाडी तोडफोड र प्रहरीमाथि जाइलागेपछि दुई सेल अश्रुग्यास प्रहार भएको थियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले भने ।
उनका अनुसार बन्चरेडाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल गरिएको छ।