बिहिबार , अषोज ८, २०८३

नेपाल घुमेपछि यसो भन्छिन् भारतीय अभिनेत्री भाग्यश्री (भिडियो)

भ्रमण गरेपछि उनले छोटो भिडियो सन्देशमार्फत आफ्नो नेपाल भ्रमणको अनुभव सुनाएकी छन् ।

image

काठमाडौं । चर्चित भारतीय अभिनेत्री एवम् सामाजिक अभियन्ता भाग्यश्री हालै नेपालको भ्रमण गरेकी छन् । भ्रमण गरेपछि उनले छोटो भिडियो सन्देशमार्फत आफ्नो नेपाल भ्रमणको अनुभव सुनाएकी छन् ।

उनले भनेकी छन्, ‘मैले सबैभन्दा अचम्मको ठाउँ काठमाडौं, नेपालको भ्रमण गरें । त्यहाँका मानिसहरू मयालु छन् र उनीहरू पाहुनाको अत्यन्तै सम्मान गर्छन् । त्यहाँको खाना (मःम) अचम्मको मिठो छ । म त्यहाँ २ दिनका लागि मात्र थिएँ तर त्यहाँ धेरै सुन्दरता छ । मैले पशुपतिनाथ मन्दिर, पाटन दरबार स्क्वायरको भ्रमण गरें र ती ठाउँ शान्तिले भरिएका थिए । म मेरा छोराछोरीलाई त्यो सुन्दर वातावरणमा पदयात्राका लागि लाना चाहन्छु ।’

उनले नेपाल सुन्दर र शान्त भएकाले यहाँ घुम्न आउन आग्रह समेत गरेकी छन् ।

 

भिडियो

सम्बन्धित समाचार