काठमाडौं । देशैभरिको ध्यान तानिएको भरतपुर नगरपालिकामा सुरुवाती १५० मत गणनाका क्रममा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।
सुवेदीले ६६ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत ल्याएकी छन्। कांग्रेसको बागीका रुपमा उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।