बुधबार , भाद्र १०, २०८३

बिरालो झगडा गरेको घर अर्थात् भोलाछें

'भौ' भन्नाले बिरालो हो भने 'ल्वा' को अर्थ झगडा र 'छें' भन्नाले घर हो । यसरी संयुक्त रुपमा बिरालो झगडा गरेको घर भन्ने अर्थ लाग्दछ ।

image

भक्तपुर वडा नं ६ मा अवस्थित एक टोलको नाम भोलाछें हो । भोलाछें शब्द भौल्वाछें शब्दबाट बनेको हो ।

नेपाल भाषाका शब्दहरू ‘भौ’, ‘ल्वा’, र ‘छें’ मिलेर यो शब्द बनेको छ । ‘भौ’ भन्नाले बिरालो हो भने ‘ल्वा’ को अर्थ झगडा र ‘छें’ भन्नाले घर हो । यसरी संयुक्त रूपमा बिरालो झगडा गरेको घर भन्ने अर्थ लाग्दछ ।

बिरालो झगडा त प्राय सबै तिर नै गर्ने गर्दछ तर किन यस स्थानमा बिरालोहरूको झगडालाई यति महत्त्व दिएको भन्ने प्रश्नमा एक किंवदन्ती रहेको छ ।

एक समय राजा जङ्गलमा शिकार खेल्दै हालको भोलाछें तिर पुग्दा यहाँ एक मुसा र बिरालो झगडा गर्दै गरेको दृश्य देख्यो । एउटा मुसाले बिरालोलाई आच्छु आच्छु पारी खेदाएको दृश्यले राजालाई आश्चर्यमा पर्‍यो । अन्तमा मुसाले बिरालोलाई मारेर घिसार्दे लगेछ । राजा अचम्मित  हुँदै कता लग्न लागेछ भनि पछि लागेर जान्दा एउटा अजङ्गको रूखको फेदमा रहेको प्वालबाट भित्र घिसार्दै लगेछ । राजाले तत्कालै सो रूखलाई काट्न लगाई मुसा कहाँ गएछ भनि खोज्न लगाउँदा त्यहाँ गणेशको मूर्ति भेटेछ । यस गणेशलाई छुम्ह गणेश भनिन्छ ।

यसरी मुसा खोज्दा भेटेको गणेश भएकोले छुम्ह गणेश भनेको हो भने मुसा र बिरालो झगडा भई बनेको खाल्डोमा पानी रहन गएर पोखरीको निर्माण भएको थियो । उक्त पोखरीलाई भौल्वा पुखु भन्ने गरिन्छ । भौल्वा पुखु भएको क्षेत्रमा बनेको बस्तीलाई भौल्वाछें भन्ने गरिन्थ्यो ।

कालान्तरमा गएर भौल्वाछेंबाट भोलाछें भएको भन्ने गरिन्छ । हाल यस पोखरीलाई भोलाछें पुखु भन्ने गरिन्छ ।

– जीआर रञ्जित

सम्बन्धित समाचार