बुधबार , अषोज ७, २०८३

पाइलट विजय लामालाई विमान उडानमा रोक

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएको हो ।

image

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएको हो ।

आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेक अन्य व्यक्ति प्रवेशको अनुमति हुँदैन । यदि प्रवेश चाहेमा प्राधिकरणका महानिर्देशकको अनुमति चाहिन्छ । तर, अनुमतिबिनै ककपिटमा अन्य व्यक्तिलाई बोलाएर भिडियो अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट लामा विवादसँगै छानविनमा तानिएका हुन् ।

ब्लगर साम चुइसँग पाइलट विजय लामा

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार छानबिन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।

हालै चिनियाँ एभिएसन भ्लगर साम चुइलाईले दुबई-काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ । यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो ।

पाइलट लामा यतिबेला अनुसन्धानको दायरामा छन् । त्यसपछि प्रतिवेदन महानिर्देशक कहाँ जान्छ र महानिर्देशकबाट जे निर्णय हुन्छ, त्यहीअनुसार उनलाई कारबाही हुने सूचना अधिकारी भूलले जानकारी दिएका छन् ।

५८ वर्ष उमेर हदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

भुलका अनुसार ककपिटमा अनधिकृत व्यक्तिको प्रवेशले उडान सुरक्षामा असर पुग्छ ।

यस्ताे छ लामाले दिएकाे अन्तर्वार्ता:

भिडियो

सम्बन्धित समाचार