काठमाडौं । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले विजयी हासिल गरेको छ ।महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन् । मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका हुन् ।
राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे । वीरगञ्ज महानगरपालिकामा सतारूढ पाँच दलीय गठबन्धनबाट जसपाका सिंह मेयरमा उठेका थिए ।
अर्कोतर्फ एमाले र लोसपाबीच भएको गठबन्धनबाट मेयरमा एमालेका सरावगी लडेका थिए ।
०७४ सालको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट मेयरमा जितेका थिए । अहिले एमालेबाट लडेका उनी सोही पार्टीका उमेदवारसँग पराजित भएका हुन्।