आइतबार , अषोज २५, २०८३

डिलाइफ हेल्थ केयर क्लिनिकद्वारा रक्तदान कार्यक्रम आयोजना गरिने

कार्यक्रम भोलि २०७९ साल असोज १ गते शनिवार बिहान ७ बजेबाट मध्यान्ह १२ बजेसम्म आयोजना हुनेछ ।

image

भक्तपुर । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नारा सहित भक्तपुर, मध्यपुर थिमी नगरपालिकाको तेर्साटारमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । डिलाइफ हेल्थ केयर क्लिनिकले आयोजना गर्न लागेको कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी, दिव्यश्वरी उपशाखाअन्तर्गतको दिव्यश्वरी युवा रेडक्रस सर्कलले गर्नेछ ।

कार्यक्रम भोलि २०७९ साल असोज १ गते शनिवार बिहान ७ बजेबाट मध्यान्ह १२ बजेसम्म आयोजना हुनेछ । डिलाइफ हेल्थ केयर क्लिनिकको प्राङ्गणमा आयोजना हुन लागेको कार्यक्रममा रक्तदान गर्न इच्छुक दाताहरूले आफ्नो अमूल्य रगत दान गर्न सक्नेछन् ।

सोही दिन डिलाइफ हेल्थ केयर क्लिनिकले स्वास्थ्यसँग सम्बन्धित विभिन्न सुविधाहरू ५० प्रतिशतसम्म छुटमा प्रदान गर्नेछ ।

सम्बन्धित समाचार