बाँके । महानन्द ढकाल लिखित उपन्यास बुह्रान शनिबार बाँकेको कोहलपुरमा विमोचन गरिएको छ । कथाकार तथ प्राज्ञ सनत रेग्मीले सो उपन्यास विमोचन गरेका हुन् ।
भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, अवधि साहित्यकार बिष्णुलाल कुमाल, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी लगायत बुह्रानबारे चर्चा गरे । साहित्यकार महानन्द ढकालले आफ्नो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यासलाई बजारमा ल्याएका हुन । थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाएका हुन् ।
बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । बुह्रान यसअघि नै बजारमा गइसकेको भए पनि आधिकारिक रुपमा आज विमोचन गरिएको हो ।
कृति विमोचन समारोहमै तुलसिराम स्मृति पुरस्कार यस वर्ष सहित्यकार डा. इन्द्र भण्डारीलाई प्रदान गरिएको छ । स्व. तुल्सिराम ढकालको स्मृतिमा राखिएको अक्षय कोषबाट यस वर्ष सात हजार सात सय सतहत्तर रुपैयाँ र कदरपत्र भण्डारीलाई प्राज्ञ सनत रेग्मी र अक्षयकोषका संरक्षक पवित्रा ढकालले संयुक्त रुपमा वितरण गरेका हुन् ।