सोमबार , साउन ११, २०८३

‘स्पाइडर मेन’ चीनमा किन प्रदर्शनमा आएन ?

हलिउड चलचित्र 'स्पाइडर मेन - नो वे होम' चीनका दर्शकहरूले हेर्न पाएनन् । सो चलचित्रमा चीनबारे कुनै कुरा देखाइएको पनि छैन । आखिर चीन सरकार र हलिउडबिच के चलिरहेको छ ? के चीनको एजेन्डामा नकारात्मक प्रचारमा रोक बाहेक अरू पनि केही छ ? आखिर चीनले स्पाइडर मेनमा रोक किन लगायो ?

image

अघिल्लो वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘स्पाइडर मेन – नो वे होम’ले दर्शकमाझ निकै लोकप्रियता कमाएको थियो । यो चलचित्रले बक्स अफिसमा क्रान्ति नै ल्यायो । चलचित्रले करिब दुई अरब डलर यानिकी लगभग एक खरब ५५ अरब रुपैयाँको कारोबार गर्‍यो । यो चलचित्र हेर्न दर्शकको ठुलो भिड सिनेमा घरसम्म पुगेको थियो र कोरोना महामारीले दबाएको चलचित्र उद्योगले केही आशाको सास फेरेको थियो ।

तर, चीनका दर्शकहरूले यो चलचित्र हेर्न पाएनन्, त्यहाँ यो चलचित्रमा बन्देज लगाइएको थियो । चीन लामो समयदेखि यस्तो सामग्रीमा रोक लगाउँदै आएको छ, जसले उसको प्रभुत्त्वलाई चुनौती दिन्छ । तर, ‘स्पाडरमेन’ चलचित्रमा त्यस्तो केही थिएन, जसले चाइनाको मुल्यमा केही ठेस लगाओस । चलचित्रमा चीनलाई देखाइएको पनि छैन । यसपछि यो प्रश्न उठ्छ कि आखिर चीन सरकार र हलिउडबिच के चलिरहेको छ ? के चीनको एजेन्डामा नकारात्मक प्रचारमा रोक बाहेक अरू पनि केही छ ? आखिर चीनले स्पाइडर मेनमा किन रोक लगायो ?

GETTY IMAGES

चीन र हलिउड

सन् १९४९ भन्दा अघि चीनको चलचित्र उद्योग निकै सानो थियो । यसको दायरा चीनमा बनेका केही चलचित्र र हलिउडका केही चलचित्रमा सीमित थियो । तर चेयरमेन माओ (माओत्से तुंग)को उदय र पीपल्स रिपब्लिक अफ चाइनाको गठनसँगै सबै कुरा परिवर्तन भयो ।

सन् १९५१ बाट हलिउड र हङकङमा बनेका चलचित्र चीनमा प्रदर्शन गर्न रोक लगाइयो । चीनमा त्यतीबेला चलचित्र देखाउने गाडीहरू देशभरि घुम्ने गर्थ्यो । यसको माध्यमबाट किसान र मजदुरहरूको कथा देखाउने गरिन्थ्यो, जसमा उनीहरू कम्युनिस्ट पार्टीप्रति आफ्नो समर्पणको कुरा गर्थे  ।

चीनमा तीन दशकसम्म यस्तै चलचित्रहरू देखाउने गरिथ्यो ।

‘चाइनाज इन्काउन्टर विथ ग्लोबल हलिउड’ नामको पुस्तककी लेखिका वेडी सु भन्छिन्, “चीनमा यो ३० वर्षको अन्तरालमा केवल एक अमेरिकी चलचित्र देखाइयो । सायदै कसैले यो चलचित्रमा सुनेको होला, जसको नाम ‘साल्ट अफ दि अर्थ’ रहेको छ ।”

‘साल्ट अफ दि अर्थ’को कथा न्यू मेक्सिकोको खदानका श्रमिकहरूको जीवनमा आधारित रहेको छ । कम्युनिस्ट पार्टीसँग कथित सम्बन्ध रहेको भन्दै हलिउडले यस चलचित्रका निर्माताहरूलाई ब्ल्याक लिस्ट गरेका थिए । चीनका दर्शकमाझ यो चलचित्र पुग्नुको यही मुख्य कारण थियो । सन् १९७६ मा चेयरमेन माओको मृत्युपछि चीनको चलचित्र उद्योगमा ‘टर्निङ पोइन्ट’ आयो । दर्शकमाझ सरकारको प्रचार मेसिन बनेको चलचित्र उद्योगसँग अब धेरै स्वतन्त्र थियो । तर, सरकारबाट पाउने आर्थिक सहयोग बन्द भएकाले त्यसको हालत कमजोर थियो ।

वेडी सू भन्छिन्, “चीनको चलचित्र उद्योग ठुलो सङ्कटमा थियो, धेरै चलचित्र स्टुडियो डुबिसकेका थिए । सिनेमा घर जाने दर्शकहरूको सङ्ख्यामा कमी आइसकेको थियो ।”

चीनी चलचित्र निर्माताहरूसँग चलचित्र बनाउने पैसा थिएन र त्यतीबेला अधिकारीले एउटा नयाँ सुझाव लिएर अघि आए । वेडी सू भन्छिन्, “उनीहरूले सरकारको फिल्म ब्युरोलाई सुझाव दिए कि हामीले हलिउडका केही यस्ता चलचित्र किन्नुपर्छ, जुन हिट भइसकेको छ । चीनका मान्छेहरूलाई पनि ती चलचित्र मन पर्नेछन् । उनीहरू सिनेमा घर गए भने हामी पनि पैसा कमाउन सक्छौँ । उक्त पैसाले हामी चीनमा चलचित्र बनाउन सहयोग गर्न सक्छौँ । चीनमा हलिउडका चलचित्र ल्याउने विचार यहीँबाट सुरु भयो ।”

चीन की एक दर्शक

सन् १९९४मा चीनमा हलिउडको ब्लकबस्टर चलचित्र ‘दि फ्युजीटिभ’ प्रदर्शनमा आयो । यो एक यस्तो व्यक्तिको कथा हो, जो आफ्नो पत्नीको हत्याको आरोपमा घेरिएको छ र यो आरोपलाई गलत साबित गर्ने कोसिस गरिरहेको छ । यो चलचित्रको मुख्य भूमिकामा हैरिसन फोर्ड र टमी ली जन्स देखिएका थिए । जसले चीनका दर्शकमाझ गहिरो छाप छोडे ।

वेडी सू भन्छिन्, “चीनका दर्शकहरूलाई लाग्यो कि हलिउडको ब्लकबस्टर चलचित्र यति रोमाञ्चक हुनसक्छ । एक्सनले भरिएको चलचित्र । तपाई कल्पना गर्न सक्नुहुन्छ कि उनीहरूका लागि यो एक सनसनी, एक सरप्राइज थियो । किनभने अन्तर्राष्ट्रिय समुदायसँग उनीहरूको ३० वर्षदेखि कुनै सम्पर्क थिएन ।”

यो एउटा नयाँ युगको सुरुवात थियो । केवल चीनका दर्शकहरूका लागि मात्र नभएर पुरै देशको चलचित्र उद्योगका लागि । तर चीनले प्रत्येक वर्ष केवल १० हलिउड चलचित्र मात्र प्रदर्शन गर्ने तय गरेको थियो । यसबाट प्रत्येक चलचित्रले हलिउड बक्स अफिसको कुल कमाइको दशौँ भाग प्राप्त गर्थ्यो, तर दर्शकका लागि ती चलचित्र अनमोल थिए । उनीहरू बाहिरको संसार हेर्न आतुर थिए, तर सरकार केवल त्यस्तो चलचित्र मात्र देखाउन चाहन्थ्यो, जसले चीनको शासन प्रणालीलाई कुनै चुनौती नदिएको होस् ।

Spider-Man: No Way Home Refused to Cut Statue of Liberty Scene for China

बन्देज र मेलमिलाप

सन् १९९७ मा हलिउडको तीन चलचित्र प्रदर्शन भए । जसको कथाले चीन र हलिउडको सम्बन्धमा फाटो ल्यायो । त्यसमध्ये दुई चलचित्र ‘सेभेन इयर्स इन् तिब्बत’ र ‘कुन्डून’ थिए । जसमा तिब्बतका आध्यात्मिक गुरु दलाई लामाको कुरा गरिएको थियो ।

तेस्रो चलचित्र थियो ‘रेड कर्नर’, यसमा चीनको कानूनी प्रणालीका कमी कमजोरी देखाइएको थियो । यीमध्ये कुनै पनि चलचित्र चीनमा प्रदर्शन गर्नका लागि बनाएका थिएनन् । तर त्यसका कथाले चीनका चीनको प्रशासनलाई यति चित्त दुखाए कि उनीहरूले उक्त चलचित्र बनाउने तीन स्टुडियोमा बन्देज लगाइदिए । तीन ठुला ब्यानर सोनी, एमजीएम र डिज्नीलाई बन्देज लगाएपछि हलिउड हच्कियो ।

दक्षिण क्यालीफोर्निया युनिभर्सिटीका प्रोफेसर स्टेनली रोजन भन्छन्, “त्यो समयमा हलिउडका लागि चीनको चलचित्र बजार त्यति ठुलो थिएन तर चीनले सुरुवाती दिनमै घुर्की देखायो । उनीहरूले हलिउडका सबै स्टुडियोलाई चीनमा देखाउन नमिल्ने चलचित्र बनाउने हो भने तपाईँहरूको सबै चलचित्रमा रोक लगाउँछौँ भने । चीनले सुरुबाटै हलिउडलाई ‘बोस को हो?’ भन्ने महसुस गराउन खोजिरहेको थियो ।

त्यतीबेला चीनको बजार सानो थियो तर, अमेरिकी चलचित्र निर्माताहरुले यहाँ भएको सम्भावनाको आंकलन गरिसकेका थिए । अबको यस खेलमा केही दिग्गजहरूले ‘इन्ट्री’ मारे । डिज्नीका मालिक माइकल आइजनर र अमेरिकाका पूर्व विदेश मन्त्री हेनरी किसिन्जरले चीनको भरोसा कायम गर्ने योजना बनायो । त्यसपछि हलिउडका तिनै स्टुडियोका धोका चीनका दर्शकहरूका लागि पुनः खुल्ला भए, तर चीनमा स्थिति परिवर्तन भइरहेको थियो ।

स्टेनली रोजन भन्छन् “त्यतीबेला चीनका पत्रिकाले हलिउड चलचित्रको समीक्षा गर्दै थिए । सेभिङ प्राइभेट रायन, टाइटेनिक, स्टार वार्स जस्ता चलचित्रले चीनमा ठुलो सफलता हासिल गरे । तर पत्रिका लेखिरहेका थिए कि हलिउड चलचित्रद्वारा दुनियामाझ आफ्नो सोच बताइरहेको छ । यदि ऊ रसियन चलचित्र बनाउँछ भने त्यसमा धेरै मसाला हुनेछ, र यदि अफ्रिकामाथि चलचित्र बनाउदैछ भने त्यसमा अनौठा मानिस देखाइनेछ ।

यसका बाबजुद चीनमा प्रदर्शन हुने हलिउड’ चलचित्रहरूको सङ्ख्या दिनदिनै बढिरहेको थियो । सन् २००१ मा चीनमा देखाइने हलिउड चलचित्रको सङ्ख्या १० बाट बढेर २० भयो । २०१२ मा यो सङ्ख्या बढेर ३४ भयो । चीनबाट हलिउडले गर्ने कमाइ १० बाट बढेर २५ प्रतिशत पुग्यो । तर केही समयपछि  चीनका दर्शकहरूमाझ बिस्तारै हलिउड चलचित्र प्रतिको प्रेम कम हुँदै गएको महसुस हुन थाल्यो । स्टेनली भन्छन्, “केही हदसम्म यो कुरा साँचो हो । यसका धेरै कारण छन् । पहिलो कारण, चीनका मान्छेले आफैँ चलचित्र बनाउँदै थिए, जसमा स्पेसल इफेक्ट्स हुन्छन् । जसको ठुलो बजेट हुन्छ, जसमा चर्चित कलाकार हुन्छन् । चीनमा पहिला ठुला कलाकार थिएनन् । हङकङबाट ज्याकी चेन, अर्नाल्ड श्वाजनेगर जस्ता कलाकार थिए । अब चीनसँग आफ्नै चर्चित कलाकार छन् । दोस्रो हलिउड चलचित्रमा दोहोरिएको कुरा हो र चीनका दर्शक अब उनीहरूलाई देखेर पहिलाको जस्तो छक्क पर्दैनन् । चीनका दर्शकको रोजाई परिवर्तन हुनु एउटा पाटो हो तर हलिउडको लागि चिन्ताको विषय चाइनिज दर्शक नभएर त्यहाँको सेन्सर हो ।”

एवेंजर्स एंडगेम

चीनको रोजाई मुख्य

न्युयोर्कस्थित सङ्गठन ‘पेन अमेरिका’का रिसर्च डाइरेक्टर जेम्स टेगर भन्छन्, “जब म यो कुरामा रिसर्च गरिरहेको थिएँ । तब मलाई एक व्यक्तिले भने कि आधा मामिला चीनको सेन्सरसँग जोडिएको छ र आधाको कारण हो- अमेरिकाको पुँजीवाद ।“

जेम्स बताउँछन् कि चीनका दर्शकमाझ पुग्न हलिउड कस्ता सम्झौता गर्दैछ । उनी भन्छन्, “२०२० मा चीनको बक्स अफिस संसारमै ठुलो भयो र चीनसम्म पहुँच हासिल गर्नाले हलिउडका ठुला चलचित्रको आर्थिक भाग्य तय गर्थ्यो । जेम्स भन्छन्, “यी ठुला कम्पनीका लागि चीनको सेन्सरलाई ध्यान दिनु आर्थिक फाइदाको कुरा हो । आजकाल हामी हेरिरहेका छौँ कि हलिउड स्टुडियोमा स्वयम्को सेन्सर गर्ने चलन सामान्य भएको छ । उनीहरू यो तय गर्न चाहन्छन् कि चीनमा आफ्नो चलचित्र देखाउन सकियोस् ।”

जेम्स भन्छन्, “यो पत्ता लगाउन कठिन छ कि हलिउड चीनका दर्शकलाई ध्यानमा राखेर कथा तयार गर्दैछ या चीनको सेन्सरमा विवाद उठ्ने दृश्यहरू पछि हटाइदैछ ।”

सन् २०१४ मा यसको सानो झलक सामुन्ने आयो । त्यतिबेला सोनीका प्रतिनिधिहरूको इमेल ह्याक भयो । त्यसमार्फत ‘पिक्सल्स’ नामक साइन्स फिक्शन कमेडीसँग सम्बन्धित कुराकानी बाहिर आयो । चलचित्रमा ताजमहल र वाशिंगटन्का केही स्मारकमा एलियनले हमला गर्छन् । चीनको ग्रेट वाल पनि त्यसमा पर्छ । सोनीका मालिकले यससँग सम्बन्धित दृश्य हटाउने विचार गरे र हटाए ।

जेम्स भन्छन् “हाम्रो लागि सायदै यो कुरा बाहिर आउने थियो । यसबाट हामीले बुझ्यौँ कि स्टुडियोका प्रतिनिधिका लागि यी कुरा कति सामान्य थिए । उनीहरू आपसमै बहस गर्छन् कि चीनको बजार प्रवेश गर्नका चलचित्रको कुन भागमा परिवर्तन गर्नुपर्छ । मेरो भनाइको तात्पर्य यो रहेको छ कि स्टुडियोका प्रतिनिधि एक आपसमा लिखितम् रूपमा चीनको सेन्सरले कुनै दृश्यमा आपत्ति जनाउँछ कि जनाउँदैन भनेर सल्लाह गर्छन् ।”

बदलाव केही भिन्न किसिमका पनि थिए । उदाहरणका लागि, गे वा लेस्बियन पात्रको संवादहरूमा परिवर्तन गरियो । जेम्स भन्छन् कि धेरैलाई लाग्छ कि यसमा ठुलो कुरा के हो । तर यसको अर्थ यो छ कि संसारको उत्कृष्ट केन्द्रले आफ्ना कथाहरूमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार केन्द्रको अनुमति लिन्छ । जेम्स भन्छन्, ‘यस्तो अवस्थामा चलचित्रको कथामा निकै राजनीतिक सन्देश पनि राख्न सकिन्छ ।’

आयरन मैन जैसे किरदारों की रचना करने वाले स्टेन ली

चलचित्र अझै बाँकी छ 

भर्जिनिया युनिभर्सिटीकी एसोसिएट प्रोफेसर आयन कोकस भन्छिन्, “ठुलो बजेटको ब्लकबस्टर चलचित्रले चीनमा पाउने सफलताले अमेरिकी बक्स अफिसको कमाइलाई दुई गुणा बनाउन सक्छ ।”

सन् २०२० मा विश्वभरि हलिउड चलचित्रका सर्वाधिक दर्शकको मामिलामा चीनले अमेरिकालाई पछाडि छोडिदियो ।  यहाँ यो याद राख्नु पर्छ कि हलिउडमा ग्ल्यामरको चहकपछाडि विभिन्न तरिकाले पैसा कमाउन लगानीकर्ताहरूको दबाबमा रहेका व्यक्तिहरू छन् ।

आयन कोकस भन्छिन्, “ डिज्नी जस्ता कम्पनीको कुरा गर्ने हो भने उनीहरू आफ्नो चलचित्रमार्फत चीनको बजार प्रवेश गर्ने कोसिस गर्छन् । उनीहरूको योजना केवल चलचित्रबाट कमाइ गर्नु नभएर एक यस्तो बौद्धिक सम्पदा पनि तयार गर्न चाहन्छन्, जसको चीनको बजारमा समय होस् । जसको प्रयोग सामान बेच्न, थिम पार्क बनाउन, भिडियो गेम, कपडा र खेलौना जस्ता अन्य उत्पादन बेच्न गर्न सकिन्छ । “

यद्यपि, चीनको सेन्सरको बारेमा कसैले कुनै ग्यारेन्टीका साथ केही भन्न सक्दैन । केही वर्ष अघि मर्भलको सुपर हिरो चलचित्र ‘सांग चि एण्ड दि लेजेन्ड अफ दि टेन रिन्ग्स’ प्रदर्शनमा आयो । यो चलचित्रले चीनमा प्रदर्शन हुने अनुमति पाएन । यसको प्रमुख कारण यो बताइएको थियो कि चलचित्रको मुख्य कलाकारले विगतका चिनी प्रशासनको आलोचना गरेका थिए ।

स्पाइडर मेनको हालै प्रदर्शनमा आएको  चलचित्र ‘नो वे होम’मा लगाइएको रोकका लागि पनि यस्तै कारण बताइएको थियो । समस्याको कुरा यो छ  कि हलिउडले यो कुराको भेउ पाउन सकिरहेको छैन कि चीनले कुन कुरामा आपत्ति जनाउँछ ।

आयन कोकास भन्छिन्, “यो चुनौतीको नयाँ अनुहार हो । अब कुनै सुपर हिरो चलचित्र बन्दैन भन्ने होइन । यो चलिरहने झगडा हो, जहाँ स्टुडियोले उनीहरूको चलचित्रलाई चीनमा कसरी हेरिन्छ भनेर हेर्नु पर्छ । यी मापदण्डहरू कहिलेकाहीँ स्टुडियोसँग अन्तरक्रिया गर्ने र मार्गदर्शन गर्ने मानिसहरूलाई पनि स्पष्ट हुँदैनन् । यस्तो स्थितिमा स्टुडियोले सोच्नु पर्छ कि उनीहरू जे बनाउदैछन् त्यसको प्रभाव कस्तो हुन्छ ?”

सन् १९९७मा मिलेको सबक पनि आँखै अघि छ । त्यतीबेला स्टुडियोलाई ती चलचित्र बनाएको सजाय पनि दिइयो जुन चीनमा प्रदर्शन हुने योजनामा समेत थिएनन् ।

आयन कोकस भन्छिन्, “निश्चित रूपमा यो प्रश्नको कुनै सार्थक जवाफ छैन, मलाई लाग्छ एउटा कुरा बुझ्न जरुरी छ कि एक समय यस्तो आउन सक्छ, जब हलिउड स्टुडियोले सोच्न पर्छ कि ठुलो बजेटको चलचित्रका लागि चीनको बजारमा निर्भर हुनु विश्वास योग्य कारोबारी निर्णय होइन । तर लाग्छ तमाम अनिश्चितताका बाबजुद पनि उनीहरू प्रयास जारी राखिरहेका छन् ।“

फर्किऔँ त्यही प्रश्नमा कि चीनले ‘स्पाइडर मेन’मा रोक किन लगायो?

संक्षिप्तमा जवाफ दिँदा अमेरिकाको छवि एक गौरवशाली र शक्तिशाली देशको बनेको छ, जुन चीनको लागि अस्वीकार्य छ  ।

अर्को कुरा, चीनको सरकार देशको विचारधारा फैल्याउने चाइनिज चलचित्रलाई ठुलो ठाउँ दिन चाहन्छ । अब अर्को प्रश्न यहाँनेर उठ्छ कि यदि हलिउड चीनका दर्शकको पछाडि दौडन्छ भने चलचित्रको कथामा कति असर पार्छ ?

हाम्रो तेस्रो एक्सपर्ट जेम्स टैगर भन्छन् कि यदि कुनै लेखक यातना शिविरको कथा भन्न चाहन्छ भने उसले सायदै अनुमति पाउँछ । किनकि यस्ता कुनै पनि चलचित्र चीनमा देखाउन सकिँदैन किनभने अहिले उनीहरू उइघ्रुस (Uighurs)लाई यातना शिविरमा राखिरहेका छन् । यानि यस्तो चलचित्र कहिल्यै बन्न सक्दैन ।

(बिबिसी हिन्दीबाट)

सम्बन्धित समाचार