acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170यो गुफा यति विशाल छ कि, जसकाे भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरू बनाउन सकिन्छ ।
विश्वमा थरी थरीका गुफाहरू छन् । तिनका विशेषताहरू पनि फरक फरक छन् । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा ठूलो गुफाको हो । यो गुफा यति विशाल छ कि, जसकाे भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरू बनाउन सकिन्छ ।

मध्य भियतनामको जङ्गलमा रहेको यो गुफाको नाम ‘हाङ सोन डोंङ्ग’ हो । यो गुफाको लम्बाई ९ किलोमिटर छ । यस गुफा भित्र १५० वटा अन्य गुफाहरू पनि छन् । यो गुफा भित्र रुख, बिरुवा, जङ्गल, बादल, नदीलगायतका सबथोक छन् ।

लाखौँ वर्ष पुरानो यो गुफालाई सन २०१३ मा मात्रै पर्यटकका लागि खुला गरिएको थियो । यो गुफामा प्रत्येक वर्ष २५० देखि ३ सय जना पर्यटकले मात्रै घुम्ने अनुमति पाउँछन । सन १९९१ मा ‘हो खनह’ नामक स्थानीय व्यक्तिले यो गुफा पत्ता लगाएका थिए । त्यसबेला गुफा भित्र पानीको मात्रा धेरै थियो । पानी सुसाएको ठूलो आवाज आइरहेको थियो । गुफा भित्र निकै अँध्यारो थियो । जसका कारण त्यसबेला कसैले पनि यो गुफामा प्रवेश गर्ने हिम्मत गरेनन् ।

एक ब्रिटिस रिसर्च ग्रुपले पहिलो पटक यो गुफाका तस्बिर र भिडियोहरू सार्वजनिक गरेपछि यो गुफाले सन २००९ मा मात्रै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको थियो । त्यसपछि सन २०१० मा वैज्ञानिकहरूको एक टोलीले गुफा भित्र रहेको ‘भियतनामको पर्खाल’ भनिने माटोको २ सय मिटर अग्लो पर्खाल नाघेर गुफा भित्र प्रवेश गर्ने बाटो पत्ता लगाएका थिए ।

पर्यटकहरूले प्रत्येक वर्ष अगस्त महिना अघि नै यो गुफाको भ्रमण गरिसकेका हुन्छन् । किनकि यसपछि यस गुफामा रहेको पानीको सतह ह्वात्तै बढ्छ । यो गुफामा जानका लागि प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर खर्च गर्नुपर्छ । फेब्रुअरीदेखि अगस्टसम्म याे गुफा भ्रमणकाे लागि उत्तम समय हाे ।

हाङ सोन डोङ्ग गुफाको भ्रमण गर्न चाहने पर्यटकलाई ६ महिनाको तालिम दिइन्छ । उनीहरूलाई दैनिक कम्तीमा १० किलोमिटर पैदल हिँड्ने तालिम दिइन्छ । त्यस्तै ६ पटकसम्म रक क्लाइम्बिङ गर्ने तालिम दिइन्छ । क्लाइम्बिङ र बाेटिङ तालिम सफलतापूर्वक पुरा गरेपछि मात्रै हाङ सोन डोङ्ग गुफाको भ्रमण गर्न पाइन्छ ।

याे गुफा भियतनामाे कुवाङ विन्ह प्रदेशकाे फाेङ न्हा-के बाङ राष्ट्रिय निकुञ्जमा पर्दछ । निकुञ्ज क्षेत्र भएकाले गुफासम्म पुग्न पैदल यात्रा गर्नुपर्दछ । करिब डेढ दिनकाे पैदल यात्रापछि मात्रै गुफाकाे प्रवेशद्वारमा पुग्न सकिन्छ । याे गुफाकाे भ्रमण गर्न कम्तीमा एक हप्ताकाे समय छुट्याउनुपर्दछ । 

तस्बिरः गुगल