शुक्रबार , अषोज ९, २०८३

चुनाव लड्ने चर्चापछि कुलमानलाई हरिवंशले दिए शुभकामना

image

वरिष्ठ कलाकार हरिवंश आचार्यले  विद्युतको क्षेत्रमा भएको उपलब्धि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरे ।

Tags:

सम्बन्धित समाचार