शुक्रबार , अषोज १४, २०७९

इन्द्रको आमाको रुपमा दागिं निकाल्ने परम्परा

दागिं घुमाउने सक्किएपछी भने बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ ।

image

  • सन्दीप महर्जन

इन्द्रजात्राको अवसरमा द्वादशीको दिन विभिन्न स्थानमा अग्लो खट जस्तो तयार पारी दुवै हात फिजाएर बाँधिराखेको अवस्थामा रहेको इन्द्रको मुर्ती प्रदर्शनमा राखिन्छ ।

Photo : Safal Photos

काठमाडौंको प्रचलित किंवदन्ती अनुसार, आफ्नो आमाको लागि पारिजातको फूल चोर्न मान्छेको भेषमा आएका इन्द्रलाई फूल र फलफूल चोर्दै गरेको अवस्थामा देखेपछी मालीले बाँधेर राखेको मानिन्छ । धेरै दिनसम्म पनि आफ्नो छोरा नफर्केपछी इन्द्रकी आमा आफैं आफ्नो छोरा लिन आएकी थिइन् । आफूहरूले बाँधेर राखेको इन्द्र भनेर थाहा पाएपछी क्षमा मागे, तर देवता नै भएपनी गल्तिको सजाय हुन पर्ने माग राखेपछी इन्द्रले वरदान माग भने ।

अन्नबाली अति महत्वपूर्ण भएकोले मानिसहरुले आफ्नो खेतिबाली र अन्न धान राम्ररी फलोस् भन्ने मागे र आफूहरू अमर तथा दिर्घायु रहोस भनी मागे । इन्द्रले ‘म तिमिहरुलाई अरू ठाउँमा भन्दा चाडै हुस्सु र शीत दिन्छु, जस्ले गर्दा धान चाडै पाक्नेछ’ भनी वरदान दिए ।  यसपछी इन्द्रकी आमाले अमर हुने वरदान दिन नसकिने तर सो वर्ष दिवंगत भएका आत्माहरुलाई स्वर्ग लगिदिने वचन दिएपछी हर्षोल्लासका साथ इन्द्रको जात्रा गरे र अन्त्यमा हालको यंकिदहबाट ( इन्द्रदह) स्वर्ग प्रस्थान गरेको कथा छ ।

Photo : Sid Mertz

यसै अनुसार हाल पनि रथजात्राको पहिलो दिन इन्द्रको आमाको रुपमा दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछी, सो दिन व्रत बसेका बर्खी बसेकाहरु दागिंको पछिपछि सतबिज छर्दै सहर परिक्रमा गर्ने चलन रहेको छ । यसपछि जान सक्नेहरु दहचोक स्थित यंकिदहमा गइ रातभर जाग्राम बसि बिहान नुहाएर मेला भर्ने चलन पनि रहेको छ ।

Photo : Sid Mertz

दागिं घुमाउने सक्किएपछी भने बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ । यसलाई दागिंले बाटोमा कोहि छुटेको छ कि, अलपत्र भएको छ कि भनि फेरि हेर्न पठाएको भन्ने जनविश्वास रहि आएको पाइन्छ । (फोटोहरू स्वीकृति लिएर राखिएको हो ।)

Photo : Sid Mertz

सम्बन्धित समाचार