बिहिबार , अषोज ८, २०८३

डेंगी संक्रमणबाट ४८ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो

image

काठमाडौं । नेपालमा डेंगीको संक्रमणबाट ४८ जनाको जान गएको छ । डेंगी बिरामीको संख्या ४० हजार नाघेको छ ।

गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगीका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँगै नेपालमा कुल डेंगी बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगीका कारण एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म डेंगीका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् ।

सम्बन्धित समाचार