स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गर्ने भएका छन् ।
काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरामा मतदान गर्ने भएका छन् । उनी तीन दिनदेखि डडेलधुरामा रहेका छन् र मतदानपछि मात्रै राजधानी फर्किनेछन् ।
गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा उनले मतदान गर्नेछन् । देउवाको मतदाता नामावली रुवाखोलामा रहेको बताइएको छ । देउवा मतदान सकेर शुक्रबार राजधानी फर्किने कार्यक्रम रहेको छ ।